IME Life New

लघु जीवन बीमकको ८ महिनामा करिब साढे ७२ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म लघु जीवन बीमकहरुले करिब साढे ७२ करोड रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले फागुनसम्म ७ लाख ९१ हजार ८५६ वटा बीमालेख बिक्री गरेर ७२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ। फागुनसम्म यो कम्पनीले ५ लाख ४४ हजार ६३६ वटा बीमालेख बिक्री गरेर २८ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले फागुनसम्म १ लाख ५१ हजार ६३२ वटा बीमालेख बिक्री गरेर २६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

फागुनसम्म लिवर्टी माइक्रो लाइफले भने ९५ हजार ५८८ वटा बीमालेख बिक्री गरेर १७ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS