IME Life New

लघु जीवन बीमकले भित्र्याए करिब साढे ५४ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म लघु जीवन बीमकले करिब साढे ५४ करोड रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुसम्म ३ वटा लघु जीवन बीमकले ५४ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। पुससम्म यी कम्पनीको सक्रिय बीमालेख संख्या २२ लाख ८९ हजार ७९५ वटा रहेका छन्।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउने लघु जीवन बीमकमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ६ महिनामा १९ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। पुससम्म यो कम्पनीको सक्रिय बीमालेख संख्या ५ लाख ३८ हजार ५०८ रहेको छ।

यसैगरी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गार्डियन माइक्रो लाइफले १९ करोड ४७ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १५ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। पुससम्म यी दुवै कम्पनीको सक्रिय बीमालेख संख्या क्रमशः १४ लाख २४ हजार ३७ र ३ लाख २७ हजार २५० वटा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS