IME Life New

बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीमा (साबिकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर भई कायम भएको संस्था)मा २०८२ वैशाख मसान्तसम्ममा परेका दाबीहरुको निवेदन प्राप्त भएको तर तत्पश्चात हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितलाई कम्पनीले ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह हो।

Esewa
Crest

‘त्यस्ता बीमितको लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको छ’, सूचनामा भनिएको छ, ‘ती बीमितलाई कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा र सर्भेयरलाई यथाशीघ्र गरी आवश्यक कागजात बुझाइ दाबी फर्छ्यौट कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ।’

तोकिएको अवधि दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त नभएमा त्यस्ता सबै दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS