IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो ३०० करोड बढी दाबी भुक्तानी, बाढीको मात्र १.२१ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा १७ हजार ७ सय ३० वटा दाबी फछ्र्याैट गरी जम्मा रु. ३ अर्ब २ करोड ४१ लाख दाबी भुक्तानी गरेको छ । उल्लेखित दाबी रकम मध्ये रु. २ अर्ब ७६ करोड ४० लाख अन्तिम दाबी भुक्तानी तथा रु.२६ करोड १ लाख अन्तरिम दाबी भुक्तानी गरिएको छ ।

कम्पनीले गत आश्विन महिनाको बाढी पहिरोबाट सृजित दायित्वको मात्र ४५६ वटा दाबी बाट १ अर्ब २१ करोड २ लाख भुक्तानी गरेको र अब बाढी पहिरो संग सम्बन्धित ४६ वटा दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

Esewa
Crest

कम्पनीमा आर्थिक वर्ष २०८१/२०८२ मा जम्मा १७ हजार १ सय ५६ वटा दाबी दर्ता भएका थिए । तथ्यांकलाई हेर्दा कम्पनीले आर्थिक वर्ष २०८१/२०८२ मा दर्ता भएका कुल दाबी भन्दा बढी संख्या मा दाबी फछ्र्याैट भएको देखिन्छ । यसबाट कम्पनीको दाबी फछ्र्याैट प्रकृया र सम्पादन कार्य राम्रो रहेको संकेत गर्दछ । अब कम्पनीमा जम्मा ४,३८० वटा दाबी फछ्र्याैट हुन बांकी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले भुक्तानी हुन बाँकि रहेका दाबीहरु शिघ्र फछ्र्याैटका लागि हर सम्भव प्रयास गरिरहेको र बिमितबाट आवश्यक कागजात प्राप्त नहुँदा बाँकि दाबी भुक्तानी गर्न ढिलाई भएकोले सम्बन्धित बिमितहरुलाई आफ्नो दाबीसँग सम्बन्धित कागजात क्षती मुल्यांकनका लागी खटाईएका सर्भेयर, कम्पनीको देशैभरी रहेका शाखा कार्याालय, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गरी शिघ्र कागजात पेश गर्नका लागी अनुरोध समेत गरेको छ ।

कम्पनीमा भईपरी आउने दाबीहरू शिघ्र फछ्र्याैटका लागि कम्पनीले प्रतिबद्दता जाहेर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS