IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो २४३ करोड भन्दा बढी दावी भुक्तानी, बाढीको मात्र १०९ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म १४,१९४ वटा दाबी फछ्र्याैट गरी जम्मा रु. २ अर्ब ४३ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ । उल्लेखित दाबी रकम मध्ये रु. १ अर्ब ९ करोड १३ लाख गत आश्विन महिनामा परेको अविरल वर्षाबाट उत्पन्न बाढी पहिरोको कारणले पर्न आएको दाबी भुक्तानी गरेको छ भने बाँकि रु. १ अर्ब ३४ करोड ५१ लाख कम्पनीमा भइपरि आउने अन्य दैनिक दाबीहरु अन्तर्गत भुक्तानी गरिएको छ । यस आ.व. को जेष्ठ मसान्त सम्म जम्मा १५,४८० वटा दाबी परेको छ ।

कम्पनीले भुक्तानी हुन बाँकि रहेका दाबीहरु शिघ्र फछ्र्याैटका लागि हर सम्भव प्रयास गरिरहेको र बीमितबाट आवश्यक कागजात प्राप्त नहुँदा बाँकि दाबी भुक्तानी गर्न ढिलाई भएकोले सम्बन्धित बीमितहरुलाई आफ्नो दाबीसँग सम्बन्धित कागजात क्षती मुल्यांकनका लागी खटाईएका सर्भेयर, कम्पनीको देशैभरी रहेका शाखा कार्याालय, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गरी शिघ्र कागजात पेश गर्नका लागी अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS