IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो २ अर्ब बढी दाबी भुक्तानी, बाढीको मात्र ८७ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ को चैतसम्ममा ११ हजार ३८२ वटा दाबी फर्छ्यौट गरी कुल २ अर्ब ९ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

उक्त दाबी रकममध्ये ८७ करोड ३१ लाख रुपैयाँ गत असोज महिनामा परेको अविरल वर्षाले गर्दा आएको बाढीपहिरोका कारणले पर्न आएको दाबी भुक्तानी गरेको छ भने बाँकी १ अर्ब २१ करोड ७९ लाख कम्पनीमा भइपरी आउने अन्य दैनिक दाबीअन्तर्गत भुक्तानी गरिएको छ। यस आर्थिक वर्षमा हालसम्म जम्मा १२ हजार ३८८ वटा दाबी परेको छ।

Esewa
Crest

कम्पनीले भुक्तानी हुन बाँकी रहेका दाबी शीघ्र फर्छ्यौटका लागि हरसम्भव प्रयास गरिरहेको कम्पनीले जनाएको छ । बीमितबाट आवश्यक कागजात प्राप्त नहुँदा बाँकी दाबी भुक्तानी गर्न ढिलाइ भएकोले सम्बन्धित बीमितलाई आफ्नो दाबीसँग सम्बन्धित कागजात क्षति मूल्यांकनका लागि खटाइएका सर्भेयर, कम्पनीको देशैभरि रहेका शाखा कार्यालय, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गरी शीघ्र कागजात पेस गकम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS