IME Life New

तीन महिनामा लघु जीवन बीमकको करिब पौने २५ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)मा लघु जीवन बीमकले करिब पौने २५ करोडको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिना असोजसम्म २४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। असोजसम्म लघु जीवन बीमकको सक्रिय बीमालेख संख्या २० लाख १५ हजार ४२० रहेको छ।

Esewa
Crest

असोजसम्म सर्वाधिक व्यापार भित्र्याउने लघु जीवन बीमकमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस कम्पनीको सक्रिय बीमालेख १३ लाख १३ हजार ५३० रहेको छ।

यसैगरी प्रथम त्रैमासमा क्रेस्ट माइक्रो लाइफले ८ करोड ६२ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले ७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यी कम्पनीको सक्रिय बीमालेख क्रमशः ४ लाख ५८ हजार ६३२ र २ लाख ४३ हजार २५८ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS