काठमाडौं । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ९९ करोड ५१ लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुने २४ करोड ८७ लाख ७५ हजार रुपैयाँबराबरको बोनस शेयर र १५ प्रतिशतले हुन आउने ७४ करोड ६३ लाख २५ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

















