काठमाडौं । नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको ५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य ४५१ रुपैयाँ ७१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४७४ रुपैयाँ ३० पैसाको आधारमा मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।












