काठमाडौं । अछामको साँफेबगर बजारमा एक महिना अघि भएको आगलागीका पीडित व्यापारीलाई युनाइटेड अजोड इन्स्योरेन्सले क्षतिपूर्ती दाबी भुक्तानी गरेको छ।
साँफेबगर वडा नम्बर ३ हाटबजारस्थित मासु पसले व्यापारी गंग बहादुर कुँवरलाई इन्स्योरेन्सले ११ लाख ५५ हजार ६१६ रूपैयाँ क्षतिपूर्ती उपलब्ध गराएको शाखा प्रबन्धक प्रेम रेग्मीले जानकारी गराएका छन् ।
साफेबगर वडा न ३ हाटबजारमा गत बैशाख १३ गते आगलागी हुँदा काल भैरव सन्स एण्ड जनरल स्टाेरको भवन र मासु पसल पूर्णरूपमा नष्ट भएको थियो। आगलागीको १ महिनापछि उनले क्षतिपूर्ती वापतको रकम भुक्तानी पाएका हुन् ।
शाखा प्रबन्धक रेग्मीले सम्पतिकाे सहि तरिका र सबै सम्पति समेट्ने गरी बीमा गर्ने बानी गर्दा अप्ठेरो परेका बेला उचित क्षतिपूर्तीले बीमितलाई ठूलो राहत मिल्ने बताए । उनले सबै जोखिम र पूर्ण मूल्यको बीमा गर्दा थाेरै बढी शुल्क तिर्नु परेपनि आपत परेका बेला यसले ठूलो काम दिने भएकाले बीमितलाई सही सुझाव दिनुपर्नेमा जोड दिएका छन् ।