काठमाडौं । सामसङ नेपालले पहिलोपटक आफ्नो नयाँ ग्यालेक्सी ए–५६ फाइभजी स्मार्टफोनको प्रिअर्डर घोषणा गरेको छ । यही मार्च २१ देखि २४ सम्म उपभोक्ताहरुले नयाँ ग्यालेक्सी ए–५६ फाइभजी स्मार्टफोनको प्रिअर्डर गरी विशेष अफरहरुको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी ए–५६ फाइभजीले पहिलोपटक शानदार बुद्धिमता (awesome intelligence) सहितको एआई अनुभव ल्याएको र अन युआई७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरु प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई पनि नयाँ उचाइमा पुर्याउने उद्देश्य कम्पनीको छ । साथै यसमा रहेको उच्चस्तरीइ क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरुले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दौ र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित भन्छन्, ‘ग्यालेक्सी ए शृङ्खलामा यसमा सामेल भएको नयाँ शानदार बुद्धिमता (awesome intelligence)ले सबैका लागि एआई अभियानलाई अझै मजबुत बनाउँछ । सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरु खुला गर्न पाउँदा उत्साहित छौँ ।’
नयाँ ग्यालेक्सी ए–५६ फाइभजी स्मार्टफोनको लागि मात्र दुई हजार रुपैयाँ तिरेर प्रिअर्डर गर्न सकिनेछ । प्रिअर्डर गर्ने ग्राहकले सात हजार ९९९ मूल्य पर्ने ग्यालेक्सी फिट ३ लाई मात्र तीन हजार ९९९ मा प्राप्त गर्न सक्नेछन् । तीन रंगमा उपलब्ध १२ जिबी र्याममा प्लस २५६ जिबी स्टोरेज भएको ए–५६ फाइभजीको ७० हजार ९९९ र ८ जिबी र्याममा प्लस २५६ जिबी स्टोरेज भएको ए–५६ फाइभजीको ६५ हजार ९९९ मा खरिद गर्न पाइने छ । साथै सबकोफोन र अर्कोस्टोरमार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ए–५६ फाइभजीमा अपग्रेड गर्ने सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
सामसङको इन्स्टाफाइनान्स सेवाअन्तर्गत हुलास फिनसर्भिस हाइगर पर्चेज लिमिटेडमार्फत नागरिकताको प्रमाणपत्रको साथमा देशभरका सामसङ स्टोरहरुबाट शून्य प्रतिशत व्याजदरमा इएमआई योजनाका साथ नयाँ ग्यालेक्सी ए–५६ फाइभजी स्मार्टफोन प्राप्त गर्न सकिने छ ।