IME Life New

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच भर्चुअल फोनपे क्रेडिट कार्डसम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच तेस्रो नेसनल इन्स्योरेन्स डिस्कोर्सको अवसरमा सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। यस सम्झौतले नेपालको जीवन बीमा क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि थपेको छ।

यस सहकार्यअन्तर्गत रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमा पोलिसी खरिदकर्ता, कर्मचारी तथा अभिकर्ताले कुमारी बैंकबाट भर्चुअल फोनपे क्रेडिट कार्ड सहज रुपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यो पहल डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन तथा वित्तीय सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अघि बढाइएको हो।

Esewa
Crest

सम्झौताका अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले यस पहललाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। उनले भने, ‘यो सहकार्य रिलायबल लाइफ इन्स्योरेन्सका ग्राहक, कर्मचारी तथा अभिकर्ताका लागि थप सुविधा र वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण कदम हो। प्रविधिमैत्री र नवीन सेवामार्फत हामी ग्राहक सन्तुष्टि र डिजिटल रुपान्तरणलाई उच्च प्राथमिकतामा राख्दै अघि बढिरहेका छौँ।’

उक्त सम्झौतामार्फत रिलायबल नेपाल लाइफसँग आबद्ध ग्राहक तथा सरोकारवालाले आधुनिक डिजिटल भुक्तानी सेवाको सुविधा प्राप्त गर्ने विश्वास लिइएको छ। दुवै संस्थाले यस सहकार्यलाई बैंकास्योरन्स तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने कदमका रुपमा लिएका छन्।

कुमारी बैंक, फोनपे र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भविष्यमा पनि प्रविधिमैत्री, ग्राहककेन्द्रित तथा नवीन वित्तीय सेवाहरु विस्तार गर्न प्रतिबद्ध रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS