IME Life New

डेढ अर्ब रूपैयाँ बैंक कर्जा रहेको क्लासिक टेकको रेटिङ्ग संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी, केयर रेटिङ्ग्स नेपाल लिमिटेडले निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक, क्लासिक टेक प्राइभेट लिमिटेडको क्रेडिट रेटिङ्ग संशोधन गरेको छ। केयर रेटिङ्गसले क्लासिक टेकको दीर्घकालीन बैंकिङ्ग सुविधाको रेटिङ्ग ‘केयर एनपि बि’ र अल्पकालीन सुविधाको रेटिङ्ग ‘केयर एनपि एफो’ पुष्टि गरेको छ।

यसअघि कम्पनीले आवश्यक वित्तीय जानकारी उपलब्ध नगराएको भन्दै क्लासिक टेकको रेटिङ्ग ‘इस्युअर नट को अपरेटिङ’ को श्रेणीमा सारेको थियो। क्लासिक टेक बजार हिस्साको आधारमा साताैं ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो।

Esewa
Crest

क्लासिक टेकको संशोधित रेटिङ्गले कम्पनीको तरलतामा आएको दबाब, ऋणको किस्ता भुक्तानीमा ढिलाई, र प्रतिस्पर्धी इन्टरनेट बजारमा कम्पनीको मध्यम स्तरको व्यवसायलाई प्रतिबिम्बित गरेको छ।

कम्पनीले आम्दानीमा एकाग्रता, पूँजीगत व्यय, प्रविधिगत जोखिम, र ब्रोडब्यान्ड इन्टरनेट व्यवसायसँग जोडिएका चुनौतीहरूको सामना गरिरहेको छ। यसबाहेक, सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको पक्षमा गरेको हालैको फैसलाले सेवा प्रदायकहरूलाई ४ प्रतिशत सलामी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास शुल्कवापतको वर्षाै अघि देखिको बक्याैता तिर्न बाध्य बनाएको छ।

यी चुनौतीहरूको बावजुद क्लासिक टेकले दीर्घकालीन व्यवसायीक अनुभव, नेपालको इन्टरनेट बजारमा ५.७७ प्रतिशत बजार हिस्सेदारी, र अनुभवी प्रबन्धन टोलीको फाइदा लिइरहेको छ। गत आर्थिक वर्षमा कम्पनीले ब्यान्डविथ खर्च घटाएर र परिचालन क्षमता बढाएर ५८ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गर्दै खुद मुनाफा ५१ करोड रुपैयाँ पुगेको छ।

भविष्यमा, क्लासिक टेकले आय वृद्धि, लाभप्रदता र पूँजी संरचना कायम राख्न सक्ने क्षमता यसको क्रेडिट प्रोफाइलको लागि महत्वपूर्ण हुनेछ। साथै, प्रतिस्पर्धी बजारमा अग्रणी ५ सेवा प्रदायकहरूले ७२ प्रतिशत बजार नियन्त्रण गरेको अवस्थामा कम्पनीले प्रविधिगत उन्नयनमा लगानी गर्नुपर्नेछ।

क्लासिक टेकसँग १ लाख ७० हजार ग्राहक छन् । प्रतिस्पर्धा र नियामकीय दबावका बीच कम्पनीले आफ्नो बजार स्थिति कायम राख्न उत्पादन विविधीकरण, ग्राहक प्रतिधारण, र रणनीतिक साझेदारीमा ध्यान केन्द्रित गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS