काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारण सभा खाज असार १६ गते गर्ने भएको छ । सभा कम्पनीको मूख्य कार्यालय धनगढी कैलालीमा दिनको १ बजे गर्ने जनाएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।