IME Life New

प्रभु इन्स्योरेन्सको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको २०८३ वैशाख ९ गते सम्पन्न ३० औं वार्षिक साधारणसभाबाट पारित ८.७० प्रतिशतका दरले बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडियस एण्ड क्लियरिङ्गमा सुचिकृत तथा दर्ता भई, अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको छ । मिति २०८२ चैत २६ गतेको दिनसम्म कारोबार भई लिखतमा रहेका सेयरधनीको बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको कम्पनीले जनाएको छ ।

यस कम्पनीको शेयर मिति २०८२ /१२ /२५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक र वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा सो कर्जा राफसाफ भईसकेको खण्डमा शेयरधनीलाई सम्बन्धित बैंक र वित्तीय संस्थामा सम्पर्क गरी सो बोनस शेयर फुकुवा गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

Esewa
Crest

साथै, सो मिति पश्चात् रोक्का राखेका शेयरधनीहरुको बोनस शेयर शेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई निजको बोनस शेयर रोक्का भएरनभएको यकिन गर्न तथा रोक्का नरहेको खण्डमा रोक्का समेत गर्न भनेको छ ।

यस कम्पनीको भौतिक स्वरुपमा शेयर रहेका सेयरधनीहरुको हकमा हालसम्म पनि शेयर डिम्याट नगरेको भएमा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं वा आफुलाई पायक पर्ने प्रभु बैंक लिमिटेडको शाखा कार्यालयहरुमा वा अन्य कुनै निक्षेप सदस्यहरु मार्फत हितग्राही खाता खोली शेयर डिम्याट गरी बोनस शेयर सोझै आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS