IME Life New

प्रभु इन्स्योरेन्सले बढायो नाफा, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीले २० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५.६३ प्रतिशतले बढेको छ।

Esewa
Crest

शेयर पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३३ करोड १ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २४ करोड ९१ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड २२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ९३ लाख रुपैयाँ र अन्य इक्विटीमा १९ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

यसैगरी समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा २ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ थियो। बीमा कोषको आकार २७.९३ प्रतिशतले बढेको छ।

चालु वर्षको चैतसम्म कम्पनीले ५० करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ५.७८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६.५८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.७० रुपैयाँ थियो। पीई रेसियो ४१.८५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०९.५५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS