IME Life New

प्रभु हेलीले एयरबसबाट ल्यायो थप एउटा हेलिकप्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु हेलीले एयरबसबाट थप एउटा हेलिकोप्टर ल्याएको छ।

फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबाट प्रभु हेलीले ‘एच१२५’ सिरिजको हेलिकप्टर खरिद गरेको हो। कम्पनीले ५ वर्ष अगाडि पहिलो एयरबस हेलिकप्टर ल्याएको थियो। अब कम्पनीका साथ अब दुईवटा एयरबस हेलिकप्टर हुने भएको छ।

Esewa
Crest

भर्खर ल्याएको अत्याधुनिक प्रविधि जडित हेलिकप्टर दुर्गम तथा उच्च भूभागमा सुरक्षित र भरपर्दो रहेको प्रभु हेलीले जनाएको छ। यो ५ यात्रु क्षमताको हेलिकप्टर हो।

कम्पनीका अनुसार नयाँ हेलिकप्टर पर्यटन, आकस्मिक स्वास्थ्य उद्धार, सामग्री ढुवानी तथा मानवीय उद्धार कार्यमा प्रयोग गरिनेछ।

प्रभु हेली असोज २०७२ मा प्रभु ग्रुपद्वारा स्थापित कम्पनी हो। त्यतिबेला ग्रुपले साविक मुक्तिनाथ हेलिकप्टरलाई अधिग्रहण गरेको थियो। अधिग्रहणपछि एउटा रोबिन्सन हेलिकप्टरबाट सेवा सुरु गरेको प्रभु हेलीले पछि ४ वटा रोबिन्सन हेलिकप्टर थपेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS