IME Life New

एक दिनमै आधा करोड रूपैयाँ मूल्य बराबरको आलुको परिकार अमेरिका निर्यात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रूपन्देहीमा अवस्थित फर्स्ट च्वाइस फुड्स प्रालिले उत्पादन गरेको फ्रोजन फ्रेञ्च फ्राइज(चिस्याइएको आलुको चाना ) पहिलो पटक संयुक्त राज्य अमेरिका निर्यात गरिएको छ।

अमेरिकी कम्पनी, जेन्ट को एलएलसी डीबीए टीसीएफ फुड्सलाइ फ्रोजन फ्रेञ्च फ्राइज फर्स्ट च्वाइस फुड्स प्रालिले निर्यात गरेको हो।

Esewa
Crest

भैरहवा भन्सार कार्यालयका अनुसार, कुल ५४ लाख ८८ हजार १५८ रूपैयाँ (३८ हजार ४८० अमेरिकी डलर) बराबर मूल्यको कुल ४३ हजार ५२० किलो आलु चाना अमेरिका निर्यात गरिएको हो। भन्सार कार्यालयका अनुसार, यी आलुको चाना दुईवटा कन्टेनरमा प्याक गरेर निर्यात गरिएको हो।

उद्योगका अनुसार, अमेरिका भन्दा पहिले भारतीय बजारमा समेत फ्रोजन फ्रेञ्च फ्राइजको निर्यात शुरू भइसकेको थियो।

फ्रेञ्च फ्राइज उत्पादन गर्ने नेपालको सर्वाधिक ठूलो उद्योग फर्स्ट च्वाइस फुड्स प्रालिसँग दैनिक ३० टन आलु प्रशोधन गर्न सक्ने क्षमता छ। आयात प्रतिस्थापनसँगै निर्यात समेत गरेर उद्योगले विदेशी मुद्रा आर्जनमा योगदान दिन शुरू गरेको छ।

नेपालमा भारत, बेल्जियम र अन्य केही मुलुकबाट आलुको विभिन्न परिकार मात्रै वार्षिक कम्तीमा १५ अर्ब रूपैयाँको आयात गर्दै आएको छ।

यो उद्योगबाट उत्पादित आलुका परिकारहरू भाटभटेनी, भ्याली कोल्ड स्टोर, सेल्स बेरी, बिगमार्ट, बर्गर हाउस, सिन्धु फ्रेस फोजन मार्टलगायतका सुपरस्टोर र पसलहरूमा बिक्री भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS