काठमाडौैं । ओरिएन्ट इन्स्योरेन्स कम्पनीले रोकिएको बीमा दाबी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। आवश्यक कागजपत्र समयमै उपलब्ध नभएका कारण रोकिएको दाबी भुक्तानी प्रक्रिया यथाशीघ्र अगाडि बढाउन कम्पनीले सूचित गरेको छ। ‘शीघ्र दाबी भुक्तानी गर्ने हाम्रो यस अभियानलाई पूर्ण रुपमा सफल पार्न आआफ्ना दाबीसँग सम्बन्धित कागजपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको नजिकको कार्यालय बुझाउन अनुरोध छ’, सूचनामा भनिएको छ।
यसका साथै पुरानो दाबीको हकमा उल्लेखित मितिले १५ दिनभित्र कागजात उपलब्ध नभएको खण्डमा नियमानुसार प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले स्पष्ट पारेको छ।












