IME Life New

अब अनलाइनबाटै स्वास्थ्य बीमाको नवीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब स्वास्थ्य बीमामा आबद्ध बीमितले अनलाइनबाटै नवीकरण गर्न सक्ने भएका छन्।

स्वास्थ्य बीमा बोर्डले आज एक सूचना जारी गर्दै अब बीमितले स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सक्ने जानकारी गराएको हो। स्वास्थ्य बीमामा आबद्ध परिवारले खल्ती, ई–सेवा र कनेक्ट आईपीएसमार्फत घरमूलीको बीमा नम्बर राखी साथै नागरिक एपमा लिंक गरी नवीकरण गर्न सक्नेछन्।

Esewa
Crest

सम्भव भएसम्म बीमितले अनलाइनमार्फ नै स्वास्थ्य बीमा नवीकरण गर्न बोर्डले आग्रह गरेको छ।

यसैगरी कुनै बीमित परिवारमा सदस्य थपघट गर्नुपरेमा अनलाइन नवीकरणअगावै आ–आफ्नो जिल्लामा रहेको स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क कार्यालयमा प्रस्ट विवरणसहित सम्पर्क गर्न आग्रह गरिएको छ। अनलाइन नवीकरणका लागि भुक्तानी गरिसकेपछि नवीकरण भएको वा नभएको रुजु गर्न एचआईबी प्रोफाइल एप प्रयोग गर्न सकिनेछ।

एक चोटी अनलाइन नवीकरणका लागि भुक्तानी गरिसकेपश्चात पुनः भुक्तानी गर्नुभन्दा अघि नवीकरण भएको वा नभएको तथा आ–आफ्नो खाताबाट रकम काटिएको वा नकाटिएको सुनिक्षित गर्न र भुक्तानीसम्बन्धी कुनै समस्या देखिएमा सम्बन्धित भुक्तानी प्रदायकसँग सम्पर्क गर्न बीमा बोर्डले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS