काठमाडौं । विश्वमा सर्वाधिक बिक्री हुने १० स्मार्टफोनको सूची सार्वजनिक भएको छ। यो सूची काउन्टर प्वइन्ट रिसर्चले जारी गरेको हो।
यो सूचीमा एप्पल, सामसङ र रेडमीका स्मार्टफोन समावेश गरेका छन्। यो सूचीको शीर्ष स्थानमा एप्पलको आइफोन १६ परेको छ। यो स्मार्टफोन वर्ष २०२५ को पहिलो त्रैमासमा सबैभन्दा धेरै बिक्री भएको छ। पछिल्लो २ वर्षमा पहिलोपटक एप्पलको स्मार्टफोन बिक्रीको शीर्ष स्थानमा उक्लिएको हो।
धेरै बिक्री हुने १० स्मार्टफोनमा एप्पलको वर्चश्व रहेको छ। शीर्ष १० मा एप्पलको ५ वटा स्मार्टफोनमा परेका छन्। जब कि समसङ ४ र रेडमीको एउटा स्मार्टफोन परेको छ।