IME Life New

अब तपाइँको पालोः मेटलाइफद्वारा प्रेरणादायी भिडियोसहित अभिकर्ता पेसामा आबद्ध हुन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले देशभरका विभिन्न इच्छुक मानिसलाई जीवन बीमा क्षेत्रमा इनामदायी र अर्थपूर्ण करिअर सुरु गर्ने सुनौलो अवसर प्रदान गर्दै जीवन बीमा अभिकर्ता पेसामा आबद्ध हुन अनुरोध गर्दै एक विशेष अभियान सुरु गरेको छ।

‘अब सकारात्मक परिवर्तन ल्याउने पालो तपाइँको’ भन्ने प्रेरणादायी नारासहित सुरु गरिएको यो अभियानले मेटलाइफका बीमा अभिकर्ताले परिवार, समुदाय, र राष्ट्रको जीवनमा कस्तो सकारात्मक प्रभाव पार्न सक्छन् भन्नेमा जोड दिएको छ । जब धेरै नेपालीले विदेशमा रोजगारी खोजिरहेका छन्, मेटलाइफ नेपालको यो अभियानले नेपालमै बसेर पनि अर्थपूर्ण र सम्मानजनक करियर निर्माण गर्न सकिने सन्देश दिन्छ ।

Esewa
Crest

जीवन बीमा अभिकर्ताका रुपमा व्यक्तिहरुले आर्थिक स्वतन्त्रता, व्यावसायिक पहिचान र व्यक्तिगत सन्तुष्टिसहित आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न सक्छन् । यो अभियान नेपालीहरुलाई आफ्नै देशमा बसेर भविष्य निर्माण गर्न र आत्मविश्वासपूर्ण जीवन सुनिश्चित गर्ने उद्देश्यसहितको करियरमा योगदान पुर्याउन आह्वान गर्दछ ।

मेटलाइफ नेपालमा करिअर सुरु गर्दा असंख्य अवसरहरुको ढोका खुल्छ । इच्छुकले अन्तर्राष्ट्रियस्तरको बीमा र बिक्रीसम्बन्धी तालिम प्राप्त गर्छन्, बहुराष्ट्रिय कार्यसंस्कृति अनुभव गर्छन् र निरन्तर सिकाइ तथा विकासको पहुँच पाउँछन् ।

आर्थिक सफलता मात्र नभएर यस पेसामा एउटा गहिरो जिम्मेवारी पनि हुन्छ– व्यक्तिहरु र परिवारलाई सुरक्षा र आर्थिक सुनिश्चितता प्रदान गर्नु। जीवन बीमा अभिकर्ताले मानिसलाई जीवनका अनिश्चितताहरुका लागि तयार हुन सहयोग गर्छन्, जसले सपनाहरुलाई सुरक्षित राख्छ र भविष्यलाई सुनिश्चित बनाउँछ ।

भिडियो हेर्नुहोस्ः https://www.facebook.com/share/v/1ErkeHHKrH/

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS