IME Life New

अब सेवा स्वास्थ्य प्रदायकले दाबी प्रविष्ट गर्दा स्ट्यान्डर्ड डिस्चार्ज समरी अनिवार्य (फर्म्याटसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाले अब दाबी प्रविष्ट गर्दा स्ट्यान्डर्ड डिस्चार्ज समरी अनिवार्य रुपमा पेस गर्नुपर्ने भएको छ।

स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै दाबी प्रविष्ट गर्दा स्ट्यान्डर्ड डिस्चार्ज समरी अनिवार्य रुपमा पेस गर्न निर्देशन दिएको हो।

Esewa
Crest

बीमा बोर्डले बीमा दाबी समीक्षा तथा मूल्यांकन कार्यविधि, २०७८ (पहिलो संशोधन २०८१)को उपदफा (३)को (ग) बमोजिम तयार भएको स्ट्यान्डर्ड डिस्चार्ज समरी अनिवार्य गरेको थियो। उक्त संशोधन बीमा बोर्डको गत माघ २ गतेको बैठकले स्वीकृत गरेको थियो।

अब सेवा प्रदायक स्वास्थ्य संस्थाले आउँदो फागुन १ गतेबाट दाबी प्रबिष्ट गर्दा अनिवार्य रुपमा स्ट्यान्डर्ड डिस्चार्ज समरी फर्म्याट कार्यान्वयन गर्नुपर्नेछ।

संशोधन उपदफामा सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी प्रविष्ट गर्दा आईएमआईएसमा अन्तिम निदान, चिकित्सकको एनएमसी नम्बर र स्वास्थ्य बीमा बोर्डले तयार गरेको स्ट्यान्डर्ड डिस्चार्ज समरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

Standard_Discharge_Summary

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS