IME Life New

अब संघीय अस्पतालको आम्दानीको १% रकम स्वास्थ्य बीमा कोषमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब संघीय अस्पतालको कुल आम्दानीको १ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कोषलाई बलियो बनाउन यस्तो निर्णय गरेका हुन्। यसले स्वास्थ्य बीमा सुधारमा टेवा पुग्ने उनको विश्वास छ।

Esewa
Crest

मन्त्री पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गरेका हुन्। ‘स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म स्वास्थ्य बीमा कोष सक्रिय छैन’, उनले भने, ‘त्यसैले स्वास्थ्य बीमा कोष सक्रिय बनाउनकै लागि संघीय अस्पतालको आम्दानीको १ प्रतिशत रकम कोषमा जम्मा गराउने निर्णय गरिएको हो।’

मन्त्री पौडेलको यो निर्णयले स्वास्थ्य बीमा बोर्डलाई थप स्रोत प्राप्त गर्न सहयोग पुग्नेछ। हालसम्म स्वास्थ्य बीमा कोष सक्रिय नहुँदा बीमा बोर्डले स्वास्थ्य मन्त्रालयबाट रकम प्राप्त गर्दै आएको थियो।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने योजनालाई अर्थ मन्त्रालयले समेत सहमति दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS