IME Life New

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मार्च महिनाको पहिलो हप्ता एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियन (ईयू)को एससीएसआईआईएस कार्यक्रमको सहयोगमा तीन–दिने तालिम सञ्चालन गरेको छ। तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरु ऊर्जा, कृषि व्यवसाय र एसएमई (साना तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो।

नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा ईएसजी (पर्यावरणीय, सामाजिक र सुशासन) अभ्यासहरुलाई समाहित गर्न जोड दियो। जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ।

Esewa
Crest

आईएफसीका विशेषज्ञहरु र स्थानीय परामर्शदाताहरुबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरुबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यावसायिक टोली, ईएन्डएस तथा जोखिम अधिकृतहरु तथा ग्राहकहरु गरी ९० जना सहभागी भए।

उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ईएसडीडी), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षताजस्ता विषयमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरुसँग समाहित हुने अवसर प्रदान गर्यो। यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS