IME Life New

धनुषामा एनएलजी इन्स्योरेन्सको बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चैत २६ गते बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । कम्पनीले मिथिला नगरपालिका, ढल्केबर, धनुषाको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

मिथिला न. पा., धनुषाका कृषि तथा पशुपन्छी विभाग प्रमुख अशेश्वर साहको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा एनएलजी इन्स्योरेन्सका कर्मचारीहरु, किसान, कृषि तथा पशु प्राविधिक र सरोकारवालाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

Esewa
Crest

उक्त अवसरमा एनएलजी इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख शैलेस राज रेग्मीले निर्जीवन बीमाकोे राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्व, सो को प्रकार एवं दावी फछ्र्यौटसम्बन्धी प्रकृयाको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कृषि तथा पशुपन्छी बीमाको प्रकृयालगायत सो को सर्वाङ्गिण महत्वको बारेमा एनएलजी इन्स्योरेन्स कं. लि. शाखा कार्यालय लालबन्दीका प्रमुख युवराज ढकालले प्रकाश पारेका थिए ।

एनएलजी इन्स्योरेन्स शाखा कार्यालय, जनकपुरको तत्वाधानमा संचालित सो कार्यक्रममा उक्त शाखाका प्रमुख संजय कुमार भट्टराईले कृषि बीमासम्बन्धी नेपाल बीमा प्राधिकरणबाट हालै जारी गरिएको सफ्टवेयरको बारेमा किसान तथा सरोकारवालाहरुलाई जानकारी गराउँदै सो को प्रयोगले भविष्यमा कृषि तथा पशुपन्छी बीमासम्बन्धी कार्य अझ पारदर्शी र छिटोछरितो ढंगबाट सम्पन्न गर्न सम्भव हुनेछ भनी जानकारी दिएका थिए ।

मिथिला न. पा., धनुषा पशु सेवा शाखाका राम शंकर यादव, संजय कुमार महतोलगायत पचास जना सहभागीहरु रहेको सो कार्यक्रममा बाली बीमा, तरकारी बीमा, पशुधन बमिालेख एवं अन्य निर्जीवन बीमा व्यवसायसम्बन्धी प्राप्त जिज्ञासाहरु सम्बन्धमा बृहद छलफल गरिएको थियो ।
सहभागीहरुले उक्त कार्यक्रमबाट बीमा सम्बन्धी जानकारी प्राप्त गरी लाभान्वित भएको बताएका थिए । सो कार्यक्रमको संचालन अभिकर्ता उदय प्रसाद उपाध्यायले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS