IME Life New

बीमा दाबी फर्छ्यौटका लागि सम्पर्कमा आउन बीमितलाई एनएलजी इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा दाबी फर्छ्यौटका लागि सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। २०८२ चैत मसान्तसम्मको क्षति भई बीमा दाबी पेस भएर पनि अपुग कागजातका कारण रोकिएको दाबी फर्छ्यौट प्रक्रिया अगाडि बढाउन बीमितलाई कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

उक्त अवधिसम्मको बीमा दाबीमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा बीमित वा प्रतिनिधिले आवश्यक कागजात पेस गरेका वा सम्पर्कमा नआएको यथाशीघ्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धि सर्भेयरसँग सम्पर्क गरी दाबी फर्छयौट प्रक्रिया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ। यसका लागि कम्पनीले ३५ दिनको समय दिएको छ।

तोकिएको अवधिभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमा दाबीका फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ। बीमा दाबी विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS