IME Life New

एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मुसीकोट नगरपालिका वडा नं. ९ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडा नं. ९ का वडा अध्यक्ष शसिराम पुनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा स्थानीय २६ जना पशुपालक तथा कृषकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाको आवश्यकता, जोखिम व्यवस्थापनमा यसको भूमिका तथा सरकारी अनुदान सहितका प्रावधानहरूबारे विस्तृत रूपमा जानकारी गराइएको थियो। विशेषगरी, प्राकृतिक प्रकोप (बाढी, पहिरो, असिना, खडेरी), रोगव्याधि, आकस्मिक मृत्यु, चोरी तथा अन्य अप्रत्याशित जोखिमबाट कृषकहरूलाई हुने आर्थिक क्षतिबाट सुरक्षा प्रदान गर्न बीमा प्रभावकारी माध्यम हुने विषयमा जोड दिइएको थियो।छलफलका क्रममा कृषि बीमाका प्रमुख प्रावधानहरूबारे समेत स्पष्ट पारिएको थियो।

Esewa
Crest

कार्यक्रमको सहजीकरण एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिम उपशाखा कार्यालय का प्रमुख हेमराज बोहराले गर्नुभएको थियो। सहभागी किसानहरूले बीमा प्रक्रिया, प्रिमियम दर, दाबी प्रक्रिया तथा आवश्यक कागजात सम्बन्धी विभिन्न जिज्ञासा राख्दै व्यावहारिक जानकारी प्राप्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा कृषकहरूले कृषि तथा पशुपन्छी बीमा कार्यक्रमले जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तार गरी कृषकलाई सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य लिएको र कृषकहरूको आर्थिक सुरक्षाका लागि बीमा अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS