IME Life New

युनाइटेड अजोड इन्स्योरेन्समा नयाँ महाप्रबन्धकहरु नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्समा सञ्जय अर्याल र काशीनाथ बुर्लाकोटीलाई नयाँ महाप्रबन्धकका रुपमा भित्र्याइएको छ। त्यस्तै धीरज ढुंगाना मुख्य प्रबन्धकका रुपमा युनाइटेड अजोडमा प्रवेश गरेका छन्।

नेपाल इन्स्योरेन्स कम्पनीबाट आफ्नो करिअर सुरु गरेका अर्यालले त्यस कम्पनीमा करिब २६ वर्ष सेवा अवधिमा उच्च व्यवस्थापन समूहमा रही कम्पनीको व्यवसाय प्रवर्द्धन सहयोग पुर्याएका छन्। नेपाल इन्स्योरेन्समा मार्केट विभाग प्रमुख भई व्यापार प्रवर्द्धन, शाखा व्यवस्थापन तथा कर्मचारी व्यवस्थापनसमेतको अनुभव हासिल गरेका अर्यालले हिमालयन एभरेष्ट इन्स्योरेन्समा समेत २ वर्ष सोही भूमिका निर्वाह गरेका थिए।

Esewa
Crest

त्यस्तै अर्का महाप्रबन्धक बुर्लाकोटीले हिमालयन एभरेष्ट इन्स्योरेन्सको उच्च व्यवस्थापन समूहमा रही उच्च व्यवस्थापकीय तथा बीमा प्रवर्द्धन करिब ८ वर्षको कार्यानुभव हासिल गरेका छन्। बुर्लाकोटी चार्टर्ड एकाउन्टेन्टसमेत हुन्।

युनाइटेड अजोडमा मुख्य प्रबन्धकका रुपमा प्रवेश गरेका ढुंगानासँग बैंकिङ क्षेत्रको लामो अनुभव रहेको छ।

तत्कालीन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा विषम पस्थितिमा प्रमुख कार्यकारी अधिकृत चुनौतीपूर्ण भूमिका निर्वाह गरी त्यसलाई एउटा सुदृढ र सबल बीमा कम्पनीका रुपमा नेपाली बीमा बजारमा चिनाउन सफल कमल गौतम हाल युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत छन्। गौतमको नेतृत्वमा निर्मित सुदृढ व्यवस्थापन समूहको मेहनत र लगनशीलताबाट आगामी दिनहरुमा युनाइटेड अजोड इन्स्योरेन्स नेपाली निर्जीवन बीमा क्षेत्रमा छलाङ मार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS