IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको २७५%ले बढ्यो कुल व्यापार, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क २७५.४९ प्रतिशतले बढेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा कम्पनीले ७ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क पनि ३१०.३६ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ४३ लाख १८ हजार रुपैयाँ र महाविपत्ति कोषमा ४ लाख ३१ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्षमा कम्पनीको स्पेसल रिजर्भमा ३ लाख ६२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ३० लाख ९८ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ३६ लाख ५७ हजार रुपैयाँ थियो।

गत आर्थिक वर्षमा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ४३.९१ प्रतिशतको संकुचन आएको छ।

समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत ईपीएस घटेर ०.२२ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.५६ प्रतिशत थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.८६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS