IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आइपीओ फागुन २३ गते शुक्रबार बाँडफाँड हुनेछ । उक्त आइपीओ कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँड हुने भएको हो ।

सीडीएससीको अन्तिम तथ्याङक अनुसार आइपीओमा १९ लाख ९७७ जनाबाट २ करोड ४४ लाख ८३ हजार २२० कित्ता खरिदका लागि आवेदन परेको छ। यो भनेको १३.२७ गुणा बढी हावेदन परेको हो ।

Esewa
Crest

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS