IME Life New

नेपाल माइक्रो इन्स्योरेन्स र नेसनल प्याब्सन बीचमा बीमा व्यवसायका लागि सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी नेसनल प्याब्सनसँग बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छ ।

बीमा व्यवसायका विषयमा नेपाल माइक्रो इन्स्योरेन्सको प्रदेश कार्यालय, गैह्रिधारा, काठमाडैमा आज बैशाख ३१ गतेका दिन आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र नेशनल प्याव्सनका तर्फबाट सभापति गीता क्षेत्री राणाले हस्ताक्षर गरे ।

Esewa
Crest

यसै अवसरमा आयोजित कार्यक्रममा यस बीमा कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको नेशनल प्याब्सनकी सभापति गीता क्षेत्री राणाले बताइन् ।

हालसालै नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आएको यस नेपाल माइक्रो इन्स्योरेन्स बिद्यार्थी सुरक्षा योजना नामक नयाँ लघु बीमा लेखका विषयमा नेशनल प्याब्सनसँग सहकार्य गर्न पाउँदा झन् खुशी लागेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले बताए ।

उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरी तथा नेशनल प्याब्सनका वरिष्ठ उपसभापति सूर्य बहादुर अधिकारी लगायतको उपस्थिति रहको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS