IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सोमबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबार आउँदो सोमबारबाट कारोबारमा आउने भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउँछ। तर, भोलि शुक्रबार शेयर कारोबार नहुने र आइतबार राम नवमीको सार्वजनिक बिदा परेकोले यो कम्पनीको शेयर आउँदो सोमबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

आइपीओ सूचीकरण सम्झौतापत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाइँ र नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले हस्ताक्षर गरेका छन्।

नेपाल माइक्रोको १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा ५२ लाख ५० हजार कित्ता शेयर (७० प्रतिशत) संस्थापक समूहको र बाँकी २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) सर्वसाधारण (वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित)को रहेको छ।

नेप्सेले नेपाल माइक्रो इन्स्योरेन्सलाई ‘एनएमआईसी’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि नेपाल माइक्रोलाई प्रतिकित्ता १००.८० रुपैयाँ र अधिकतम ३०२.४० रुपैयाँ तोकेको छ। आउँदो सोमबार स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि गत फागुन ११ गतेबाट फागुन १५ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने फागुन २३ गते धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS