IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, ईपीएसमा पनि सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म कम्पनीले २ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ५४७४.४९ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा ९२ लाख ६ हजार रुपैयाँ, महाविपत्ति कोषमा ९ लाख २० हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २२ लाख ६१ हजार रुपैयाँ र अन्य इक्विटीमा ४ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म स्पेसल रिजर्भमा ४३ लाख १८ हजार रुपैयाँ, महाविपत्ति कोषमा ४ लाख ३१ हजार रहेको थियो भने रिटेन्ड अर्निङ ५७ लाख रुपैयाँ र अन्य इक्विटी ९३ हजार रुपैयाँले ऋणात्मक थियो।

चालु वर्षको पुससम्म कम्पनीको बीमा कोषमा २७ करोड ७९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा १७ करोड १९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ६१.६९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ९ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २.३३ प्रतिशतले घटेको छ।

कम्पनीले चालु वर्षको पुससम्म ३ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.८२ प्रतिशतले घटेको छ।

शेयरपुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३.६१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.०१ रुपैयाँ थियो। पीई रेसियो ३३८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०१.६५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS