काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा वृद्धि देखिएको छ ।
७५ करोड रुपैयाँ शेयर पुँजी भएको कम्पनीले गत आर्थिक वर्षमा ४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा भारी वृद्धि भएको छ ।
समीक्षा वर्षमा कम्पनीको स्पेसल रिजर्भमा २ करोड ३७ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ लाख ७३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २ करोड ६ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ लाख १५ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा ४३ लाख १८ हजार रुपैयाँ, महाविपत्ति कोषमा ४ लाख ३१ हजार रुपैयाँ, अघिल्लो वर्ष रिटेन्ड अर्निङ र अन्य इक्विटीमा ऋणात्मक रहेको थियो ।
समीक्षा वर्षमा कम्पनीले २९ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ।
कम्पनीले समीक्षा वर्षमा १२ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६३ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा कम्पनीको सोल्भेन्सी रेसियो २.०३ रहेको छ। अघिल्लो वर्ष सोल्भेन्सी रेसियो १.८३ रहेको थियो। प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३६ पैसा रहेको छ ।












