IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, अजेन्डा यस्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो जेठ १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा स्वीकृत गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS