IME Life New

सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि नेपाल लाइफको सहकार्यमा ‘प्रोजेक्ट केयर’ अभियान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको अगुवाइमा सगरमाथा क्षेत्रमा सरसफाइका लागि ‘प्रोजेक्ट केयर’ अभियान सञ्चालन हुने भएको छ।

काठमाडौं बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘प्रोजेक्ट केयर’ अभियानका बारेमा जानकारी गराइएको थियो। यो अभियान सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)सँग आबद्ध भएर नेपाल लाइफ र राउन्ड टेबल नेपालसँगको सहकार्यमा सञ्चालन हुनेछ।

Esewa
Crest

कार्यक्रममा नेपाल लाइफका सीईओ प्रविणरमण पराजुलीले एसपीसीसीसँगको सहकार्यमा यो अभियान सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको बताए। ‘सरगमाथा राष्ट्रिय गौरवमात्र नभएर अन्तर्राष्ट्रिय गौरव पनि हो’, उनले भने, ‘सगरमाथा क्षेत्रमा हजारौँ मानिसको चहलपहल हुन्छ।’

मानिसको चहलपहलसँगै सगरमाथा क्षेत्रमा विभिन्न प्रकारका फोहोरजन्य सामग्रीको थुप्रो पनि बढ्दै गएकोले यस प्राकृतिक विपत्तिका घटना निम्त्याउन सक्ने सम्भावना उत्तिकै रहेको सीईओ पराजुलीले बताए। ‘त्यसैले एसपीसीको सहकार्यमा नेपाल लाइफले त्यहाँ सरसफाइ अभियान चलाउन लागेको हो’, उनले भने।

त्यस क्षेत्रका फोहोर व्यवस्थापनका साथै रिसाइकल गर्न सकिने फोहोरलाई रिसाइकल गरिने पनि सीईओ पराजुलीले बताए। ‘विश्वको सर्वोच्च शिखरलाई थप आकर्षित बनाउन यो अभियानले सहयोग गर्ने हाम्रो विश्वास छ।’

सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर सतह तात्तिएर हिउँ पग्लिन र त्यसले हिमपहिरो निम्त्याउन सक्ने पराजुलीको भनाइ छ। ‘त्यस किसिमका विपत्ति रोक्नु पनि यो अभियानको मुख्य उद्देश्य हो’, उनले भने, ‘यस क्षेत्रका मानिससँगै हामीजस्ता बीमा कम्पनीलाई पनि असर गर्छ।’

सगरमाथा क्षेत्रबाट संकलित फोहोरलाई काठमाडौंमा ल्याएर रिसाइकल गर्न सकिनेलाई रिसाइकल गरिने र अन्यलाई निष्ट गरिने सीईओ पराजुलीले बताए। ‘यो महाअभियानमा सबैको सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ’, उनले भने।

सीईओ पराजुलीका अनुसार अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यान सगरमाथाको सन्दरताले तानेको छ। ‘त्यसैले नेपाल लाइफले सगरमाथाको सुन्दरतालाई कायम गर्न यो अभियान चलाउन लागेको हो’, उनले भने।

यस अभियानअन्तर्गत सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि नेपाल लाइफले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS