IME Life New

धितोपत्र बोर्डको निर्देशनमा नेपाल इन्स्योरेन्सले घटायो हकप्रद शेयरको आकार, अब कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद शेयरको आकार घटाएको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल इन्स्योरेन्सले हकप्रद शेयरको आकार घटाएको हो। धितोपत्र बोर्डले गत चैत १९ गते सम्म कम्पनीको ७६ औँ वार्षिक साधारणसभाले चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको १५ प्रतिशतले हुन आउने २४ करोड ६६ लाख ३६ हजार २९१ रुपैयाँबराबरको बोनस शेयर पारित गरी चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ कायम भएकोले सोहीबमोजिम हकप्रद शेयर जारी गर्न निर्देशन दिएको छ।

Esewa
Crest

धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०ः३.४७८३ अनुपातमा अर्थात ३४.७८३ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्न दिएको छ। अब कम्पनीले सोहीबमोजिम हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

यसअघि कम्पनीले हाल कायम चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो।

कम्पनीले हकप्रद शेयर जारी गर्न जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ। यसको अर्थ जेठ २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS