IME Life New

चैत १९ गते नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक  पुनः नियुक्ती हुन सक्ने प्रस्ताव पारित गर्नेछ ।

मिति २०८१/०२/०४ गते बसेको कम्पनीको विशेष साधारण सभाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १० शेयर बराबर ४ शेयरका अनुपातले हकप्रद शेयर जारी गरे पश्चात (बोनस शेयर जारी गरे पश्चात हुने चुक्ता पूँजी अनुसार हकप्रद शेयर प्रतिशत पुनरावलोकन हुन सक्ने ) तथा आर्थिक वर्ष। २०८०/८१ को वोनस शेयर जारी गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी दुई अर्व ९४ करोड पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव गरिन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS