IME Life New

क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा नेपाल चयन, निमित्त सीईओको जिम्मेवारी केसीलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्षमा योगेशकुमार नेपाल चयन भएका छन्।

कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्षमा नेपाललाई चयन गर्ने निर्णय गरेको हो। उनको कार्यकाल साउन १२ गतेबाट लागू भएको छ।

Esewa
Crest

यसअघि सञ्चालक समितिले संस्थापक समूहतर्फबाट ३ सञ्चालकहरुमा नेपालसहित विवेकराम भण्डारी र राजेश खत्रीलाई नियुक्त गरेको थियो। यी तीनैजना सञ्चालकले मेट्रो क्यापिटलबाट प्रतिनिधित्व गर्छन्। उनीहरुको नियुक्तिको अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

यसैगरी कम्पनीको निमित्त सीईओमा अभिजित केसीलाई नियुक्ति गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। उनको नियुक्ति साउन १८ गतेबाट लागू भएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि केसीलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो। हाल उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS