IME Life New
GBIME

आजबाट नेको इन्स्योरेन्सको सवा २ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सको सवा २ लाख बढी कित्ता शेयर आजबाट बिक्रीमा राखिने भएको छ। नेको इन्स्योरेन्सको कुल २ लाख २५ हजार २६१.३५ कित्ता शेयर आज वैशाख १२ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

कम्पनीले हाललै आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको छ। त्यतिबेला बिक्री हुन नसकेको सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.३५ कित्ता र संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता शेयर बिक्रीमा राखिने भएको हो।

Crest

लगानीकर्ताले शेयर खरिका लागि बोलपत्र पेस गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति वैशाख २१ गतेसम्म रहेको छ। यो मितिभित्र लगानीकर्ताले शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय र शाखा कार्यालय विराटनगरका साथै नेको इन्स्योरेन्स शाखाहरु बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगरमा पेस गर्न सक्नेछन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS