IME Life New

वार्षिकोत्सवमा नेसनल लाइफ हेटौँडा शाखाद्वारा मामाघर नेपाललाई खाद्यान्न र स्टेसनरी सामग्री सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौंं । नेसनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले मकवानपुरस्थित मामाघर नेपाललाई खाद्यान्न र स्टेसनरी सामग्री सहयोग गरेको छ।

कम्पनीको फागुन १० गते वार्षिकोत्सव रहेको थियो। सोही अवसरमा हेटौँडामै रहेको मामाघरलाई कम्पनीको मकवानपुर शाखाले सहयोग गरेको हो। यसका साथै कम्पनीले मामाघर परिसरमा सरसफाइ पनि गरेको छ।

Esewa
Crest

मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीको सभाध्यक्ष र नेसनल लाइफका हटौँडा शाखा प्रमुख नारायण कार्कीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरिएको थियो। पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा केक काटेर खुसियालीसमेत साटासाट गरिएको थियो।कार्यक्रममा नेसनल लाइफ हेटौँडाका व्यावसायिक प्रबन्धक पूर्वएमडीआरटी भरत रोक्का, रामहरि प्रसाइँ, निर्मलकुमार मैनाली, माधव खतिवडा, किरण पौडेल, उमानाथ आचार्य, रामकृष्ण चौलागाइँ, सम्पूर्ण कुमारी सिग्देल, विश्वनाथ रोक्का, इन्द्रकला रिजाललगायत सम्पूर्ण कर्मचारीको उपस्थित थियो। कार्यक्रमको सञ्चालक राजकुमार चौलागाइँले गरेका थिए।

शाखा प्रमुख कार्की आगामी दिनमा पनि विभिन्न क्षेत्रमा यस किसिमका कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे।

मामाघर नेपाल मकवानपुर २०६८ सालमा स्थापित सामाजिक संस्था हो। यो संस्थाले सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सुविधा, औपचारिक शिक्षा, जीवनोपयोगी सीप र पारिवारिक पुनर्मिलनको काम गर्दै आइरहेको छ। हालसम्म संस्थाले २ हजार २७१ जना बालबालिकालाई सहयोग पुर्याइसकेको छ।हाल संस्थामा १९ जना बालबालिका आश्रिमत छन्। सुरुआतमा भाडाको घरमा सञ्चालित यो संस्था हाल हेटौंडा–११ मा सिद्धिलाल श्रेष्ठबाट दानस्वरुप प्राप्त जग्गामा आफ्नै भवन निर्माण गरी सञ्चालनमा रहेको छ। सडक बालबालिकामुक्त समाज निर्माण गर्नु यो संस्थाको मूल उद्देश्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS