IME Life New

नेसनल इन्स्योरेन्सले घटायो घाटा, रु. २.६९ अर्बको बीमा कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १७ करोड ६४ लाख रुपैयाँ घाटा व्यवहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनी ७२ करोड ८१ लाख रुपैयाँले नोक्सानीमा थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ६० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड १६ लाख रुपैयाँ रहेको थियो भने रिटेन्ड अर्निङ १ अर्ब १० करोड ८९ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा २ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १३.०५ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले ६८ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ९० करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २४.४५ प्रतिशतले घटेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ३४ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३७ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ७.३९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS