IME Life New

ठूलो संख्यामा कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट, ४% ले जागिर गुमाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिग्गज टेक कम्पनी माइक्रोसफ्टले यो वर्ष ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ।

कम्पनीका विभिन्न इकाइबाट कर्मचारी कटौती गर्ने भएको हो। विशेषगरी कम्पनीको एक्सबक्स भिडियो गेमिङ इकाइका कर्मचारीहरु यो कटौतीबाट प्रभावित हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

Esewa
Crest

हाल विश्वभरि कम्पनीमा २ लाख २८ हजार कर्मचारी कार्यरत छन्। तीमध्ये ४ प्रतिशत अर्थात ९ हजार बढी कर्मचारीले जागिर गुमाउन सक्ने बताइएको छ।

कम्पनीका प्रवक्ताले विश्व बजारमा माइक्रोसफ्टलाई अझ दह्रो बनाउन यो कदम चाल्न लागिएको जानकारी गराएका छन्। ‘यो परिवर्तन आवश्यक छ’, उनले भने।

हाल माइक्रोसफ्ट आईएमा ठूलो लगानी गर्दैछ। कम्पनीले यसका लागि ८० अर्ब डलरको डाटा सेन्टर निर्माण गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS