IME Life New

पाँच महिनामा लघु निर्जीवन बीमकले भित्र्याए साढे ४९ करोड माथिको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म लघु निर्जीवन बीमकले साढे ४९ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ४ वटा लघु निर्जीवन बीमकले ४९ करोड ६० लाख कुल बीमाशुल्क संकलन गरेका हुन्। यो ५ महिनामा उनीहरुले १ लख ७९ हजार ५११ वटा बीमालेख जारी गरेका छन्।

Esewa
Crest

मंसिरसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ५१ हजार २१९ वटा बीमालेख बिक्री गरेर १३ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४५ हजार ६२ वटा बीमालेख बिक्री गरेर १३ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी ट्रस्ट माइक्रो इन्स्योरेन्सले ३६ हजार ५१३ वटा बीमालेख बिक्री गरेर १२ करोड ६० लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ४६ हजार ७१७ वटा बीमालेख बिक्री गरेर १० करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS