IME Life New

लघु निर्जीवन बीमाले प्रथम त्रैमासमा भित्र्याए पौने २७ करोड बढीको व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लघु निर्जीवन बीमकले पौने २७ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले ९१ हजार ६३१ वटा बीमालेख बिक्री गरेर २६ करोड ८१ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेका हुन्।

Esewa
Crest

सबैभन्दा बढी व्यापार भित्र्याउने लघु निर्जीवन बीमकमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २२ हजार ७१५ वटा बीमालेख जारी गरेर ७ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २५ हजार ४२४ वटा बीमालेख बिक्री गरेर ६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी ट्रस्ट माइक्रो इन्स्योरेन्सले १९ हजार २५१ वटा बीमालेख जारी गरेर ६ करोड ९५ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले २४ हजार २४१ वटा बीमालेख बिक्री गरेर ५ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS