IME Life New

मेटलाइफ नेपाल प्रतिष्ठित ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रद्वारा सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपाल विश्वभरका सर्भेमा भाग लिएका ३३ वटा मेटलाइफ कार्यालयसँगै ‘ग्रेट प्लेस टु वर्क’को मान्यता प्राप्त गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गर्ने सूचीमा सामेल भएको छ। यो उपलब्धि मेटलाइफको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ, जहाँ सबै कर्मचारी सम्मानित, सुरक्षित र प्रेरित महसुस गर्छन्।

गत महिना मेटलाइफका विश्वभरका ३३ बजारका २४ हजारभन्दा बढी कर्मचारीले ग्रेट प्लेस टु वर्क इनडेक्स सर्वेक्षणमा सहभागिता जनाएका थिए। जुन विश्वव्यापी रुपमा कर्मचारी अनुभव मापन गर्ने एउटा उच्च मापदण्डका रुपमा मानिन्छ।
नेपालले ग्लोबल बेन्चमार्कभन्दा धेरै उच्च परिणाम हासिल गरेर मेटलाइफको साझा उद्देश्य, समावेशीताप्रतिको प्रतिबद्धता र सकारात्मक कार्यसंस्कृतिको प्रतिविम्ब देखाउँछ।

Esewa
Crest

‘यो मान्यता केवल एउटा उपलब्धि होइन, हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो’, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्,‘जब कर्मचारीहरुले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त बनाइएको महसुस गर्छन् तब उनीहरु आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन्र त्यसले हाम्रा ग्राहक, समुदाय र एक–अर्काका लागि ठूलो प्रभाव पार्दछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS