IME Life New

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेटलाइफ फाउन्डेशनले फिफा–ग्लोबल सिटिजन एजुकेशन फन्डमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता

न्युयोर्क । ग्लोबल सिटिजन फेस्टिभलमा आज बीमा तथा कर्मचारी लाभ सेवा प्रदान गर्ने अग्रणी वित्तीय सेवा कम्पनी मेटलाइफले अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजन सँग तीनवर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारका रुपमा सहभागी हुने घोषणा गरेको छ।

Esewa
Crest

यस साझेदारीमार्फत आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतहरुमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण गर्ने आफ्नो दीर्घ इतिहास र क्षमतालाई प्रयोग गरी मेटलाइफले ग्लोबल सिटिजनको अभियानलाई थप सशक्त बनाउन र विश्वभरका समुदायहरुले सामना गरिरहेका चुनौतीहरुलाई सम्बोधन गर्न योगदान गर्नेछ। प्रमुख साझेदारको हैसियतले मेटलाइफले आर्थिक सहयोग, कर्मचारी स्वयंसेवकहरुको सहभागिता र आफ्नो विश्वव्यापी पहुँचमार्फत शिक्षा तथा आर्थिक सशक्तीकरणमा रुपान्तरणकारी पहलहरु अघि बढाउनेछ।

यसका अतिरिक्त, मेटलाइफ फाउन्डेशनले फिफा–ग्लोबल सिटिजन एजुकेशन फन्ड को संस्थापक दाताको रुपमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता गरेको छ। यो फन्डले विश्वभरका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच उपलब्ध गराउन १०० मिलियन अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ। स्थापना भएको करिब ५० वर्षदेखि नै शिक्षा–सम्बन्धी सहयोग मेटलाइफ फाउन्डेशनका आधारशिलाहरु मध्ये एक रहँदै आएको छ। हाल वित्तीय स्टेम सिकाइ, मेन्टरिंग, र सीप–प्रशिक्षण जस्ता क्षेत्रमा सहयोग गरेर फाउन्डेशनले विश्वभरका विद्यार्थीहरुलाई उज्जवल भविष्यका लागि तयार पार्दै आएको छ।

मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने, ‘मेटलाइफमा, हामी मानिस र समुदायका लागि महत्वपूर्ण क्षणहरुमा सधैँ उपस्थित रहन विश्वास गर्छौं, जसलाई सबैका लागि आत्मविश्वासी भविष्य निर्माण गर्ने हाम्रो स्पष्ट उद्देश्यले मार्गदर्शन गरेको छ। ग्लोबल सिटिजनसँगको हाम्रो साझेदारीले वित्तीय स्वास्थ्य प्रवद्र्धन, शैक्षिक अवसरहरुलाई अगाडि बढाउने र सबल र आत्मविश्वासी समुदायहरु निर्माण गरेर सकारात्मक परिवर्तन ल्याउनेछ। मेटलाइफ फाउन्डेशनसँग मिलेर हामी ग्लोबल सिटिजनसँग सहकार्य गर्न उत्साहित छौँ र यो साझेदारीले १सन् ९७६ यता १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग गर्दै आएको मेटलाइफ फाउन्डेशनको परोपकारी परम्परालाई अझै सबल बनाउनेछ।’

मेटलाइफले विश्वभरका ग्लोबल सिटिजन अभियानहरुलाई पनि सशक्त बनाउनेछ। जसमा आज न्यूयोर्कको सेन्ट्रल पार्कमा सम्पन्न भएको ऐतिहासिक ग्लोबल सिटिजन फेस्टिभल पनि पर्छ। जहाँ कलाकार, अभियन्ता र विश्व नेताहरुलाई एकसाथ ल्याएर संसारका सबैभन्दा ज्वलन्त समस्याहरुमा कार्य गर्ने उद्देश्य राखिएको छ। साथै, ग्लोबल सिटिजन नाउ एक्शन समिटहरुमा पनि मेटलाइफको योगदान रहनेछ।

ग्लोबल सिटिजनका सहसंस्थापक तथा सीईओ ह्यु एभान्सले भने, ‘हाम्रो संसारले सामना गरिरहेका जटिल समस्याहरु समाधान गर्न साझेदारीको शक्तिमा हामी दृढ विश्वास गर्छौं। मेटलाइफ, मेटलाइफ फाउन्डेसन र ग्लोबल सिटिजनबीचको यो नयाँ साझेदारीले हाम्रो प्रभावलाई विस्तार गर्नेछ र सबैलाई प्रगतिशील र समृद्ध जीवन बिताउने अवसर दिलाउने हाम्रो साझा दृष्टिकोणलाई तीव्र बनाउन महत्वपूर्ण उत्प्रेरकको रुपमा काम गर्नेछ।’

यहाँका साझेदार, नेता र विश्वभरका नागरिकलाई यस पहलमा सामेल हुन र कार्य गर्न आमन्त्रित पनि गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS