IME Life New

मेटाको ठूलो कारबाही, १ करोड फेसबुक खाता बन्द, भुलेर पनि नगरौँ यस्ता गल्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटाले ठूलो कारबाहीको बारेमा जानकारी गराएको छ। कम्पनीले १ करोड फेसबुक खाता ब्लक गरेको हो। जसले गोप्य रुपमा अन्य नक्कली प्रोफाइलहरु चलाइरहेका थिए।

कम्पनीले यस वर्षको पहिलो ६ महिनामा ती खाता बन्द गरिदिएको हो। जसलाई कम्पनीले स्प्यामी सामग्री नाम दिएको छ।

Esewa
Crest

कम्पनीको उद्देश्य फेसबुक फिडलाई अझ सान्दर्भिक, सफा र प्रामाणिक बनाउनु हो। विशेषगरी जब एआईद्वारा उत्पन्न सामग्री सामाजिक सञ्जाल प्लेटफर्महरुमा यति छिटो फैलिरहेको छ कि यहाँ बाढी आएको छ।

कम्पनीले भनेको छ, ‘ती नक्कली खाताहरु कथित रुपमा फेसबुकको एल्गोरिथ्म र दर्शक क्षेत्रको फाइदा लिन चाहन्छन्, जसका लागि तिनीहरुले ठूला कन्टेन क्रिएटरहरुको डुप्लिकेट खाताहरु सिर्जना गर्ने प्रयास गर्थे।’

कम्पनीले भनेको छ, ‘गलत गतिविधिको लागि ५ लाख अन्य खाताविरुद्ध कारबाही गरिएको छ। ती खाताहरु कमेन्ट स्पाम, बोटजस्तै एंगजमेन्ट र कन्टेन्ट रिसाइक्लिंगमा संलग्न थिए।’

मेटाले आफ्नो ब्लगपोस्टमा भनेको छ, ‘मेटाले ओरिजनल कन्टेन्ट क्रिएटरहरु लाई विशेषगरी युनिक इमेज वा भिडियोहरु बनाउने क्रिएटरहरु पुरस्कृत गर्ने नयाँ नीतिको बारेमा जानकारी गराएको छ। साथै, कम्पनीले अब डुप्लिकेट कन्टेन्ट पत्ता लगाउन र यसका कारणहरु कम गर्न प्रविधि प्रयोग गर्नेछ।’

मेटाको यो कारबाही त्यस्तो समयमा गरिएको हो जब कम्पनी आफैँले एआई पूर्वाधारमा ठूलो मात्रामा काम गरिरहेको छ। साथै, सीईओ मार्क जुकरबर्गले आफ्नो सुपर कम्प्युटिङ क्षमताहरु विकास गर्न र अर्को वर्ष आफ्नो पहिलो एआई सुपर क्लस्टर सुरु गर्न ठूलो रकम खर्च गर्ने योजना बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS