IME Life New
GBIME

चिकित्सकका माग पुरा गर्न मेडिकल एसोसिएसन र स्वास्थ्य मन्त्रालयबीच सहमति

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आवासीय चिकित्सकका माग पुरा गर्न नेपाल मेडिकल एसोसिएसन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहमति भएको छ ।

स्वास्थ्य मन्त्री प्रदिप पौडेलले यस्तो जानकारी दिएका हुन् ।

Crest

आवासीय चिकित्सकको सेवा सुविधाका सम्बन्धमा चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध रहेको आश्वासन स्वास्थ्य मन्त्री प्रदिप पौडेलले दिएका छन् ।

उनले भने, हाम्रो पूर्व प्रतिबद्धताअनुसार सम्बद्ध सबै पक्षसँग समन्वय गरी थप विषयहरुलाई समेत यथाशिघ्र सम्बोधन गरिनेछ ।

आन्दोलन कार्यक्रम फिर्ता लिएर अस्पतालमा बिरामीहरुको नियमित सेवा गर्ने सहमति गरी सहयोग गर्नुभएकोमा नेपाल मेडिकल एसोसिएसनप्रति पौडेलले आभार प्रकट गरेका छन्  ।

मन्त्री पौडेलले निर्वाह भत्ता आठौँ तह बराबरको उपलब्ध गराउने, चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्णबैठकले गरेका निर्णय कार्यान्वयन गर्न कार्यदल गठन गर्नेलगायतका प्रतिबद्धता जनाएको चिकित्सकहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका हुन् ।

आन्दोलन स्थगन भएसँगै आइतबारदेखि नै आवासीय चिकित्सकहरू काममा फर्किने भएका छन् । आवासीय चिकित्सकहरूसँग भएको सहमतिमा हस्ताक्षर पनि आइतबार हुने भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS